नियम १९ख
धितोपत्रको बिक्री
(१) नियम १९ बमोजिम धितोपत्र निष्काशन गर्ने अनुमति प्राप्त गरेका स·ठित संस्थाले त्यस्तो धितोपत्रको बिक्री धितोपत्र व्यवसायी मार्फत गर्नु पर्नेछ ।
(२) संगठित संस्थाले उपनियम (१) बमोजिम धितोपत्र बिक्री गर्दा धितोपत्र व्यवसायीसंग सम्झौता गर्नु पर्नेछ । संगठित संस्थाले यसरी गरेको सम्झौताको प्रतिलिपि समेत संलग्न राखी धितोपत्र बिक्री गर्न लागेको व्यहोराको सूचना बोर्डलाई दिनु पर्नेछ ।